चीन पुग्यो मंगलममा

१ फागुन युएइको मंगल अभियानको यान ‘होप’ले मंगलको आर्बिटमा प्रवेश गरे लगत्तै चिनिया मंगल मिसनको यान तियान्वेन–१ ले मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । चीनका समाचार एजेन्सीले भने अनुसार तियान्वेन –१ ले हिजो फेब्रुअरी १० बुधवारका दिन साँझ ७ बजेर ५२ मिनेट (बीजिंगको समयानुसार) जाँदा मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । झन्डै ७ महिने लामो यात्रा पछि २४० किलो तौल भएको तियान्वेन–१ ले मंगलको आर्बिटमा प्रवेश गरेको हो । यो चीनको पहिलो स्वतन्त्र मंगल मिसन हो । यसभन्दा पहिला चीनले रुसको सहयोगमा मंगल मिसन गरेको थियो जुन सफल हुन् सकेको थिएन । चीनले आफ्नो पहिलो मंगल मिसनमै मंगल धरातल टेक्ने महत्वाकांक्षी योजना बनाएको हो । तियान्वेन–१ मा आर्बिटर, ल्यान्डर र रोभर रहेका छन् । 

आर्बिटरको काम मंगल ग्रहको कक्षमा पुग्ने हुन्छ । यसले माथिबाटै मंगल ग्रहको परिक्रमा गरी राख्छ । ल्यान्डर भने रोभरलाई लिएर मंगल ग्रहको धरातलमा ओर्लिने चेष्टा गर्छ । यसरी ल्यान्डरले सफल अवतरण गरिसकेपछि ल्यान्डर भित्र रहेको रोभरले बाहिर निस्की मंगलको धरातलमा विचरण गर्नेछ । चिनिया अभियानको अर्बिटर फेब्रुअरी महीनामै मंगल ग्रहको आर्बिटमा पुगे पनि यसको ल्यान्डरले भने मंगल अवतरण गर्न लामो प्रतीक्षा गर्ने तालिका रहेको छ । चिनिया योजनामा ल्यान्डरलाई मई महीनामा मंगल अवतरण गराउने कार्यक्रम रहेको छ। चिनिया रोभरले मंगल ग्रहमा ९० दिनसम्म विभिन्न वैज्ञानिक परीक्षण गररिहने छ । दुइ दिनकै अन्तरालमा मंगल पुग्ने तियान्वेन–१ दोस्रो यान बन्न पुगेको छ। युएइको यान ‘होप’ २ दिन पहिला नै मंगलको कक्षमा स्थापित भइसकेको छ। आउने २–३ दिन मै अमेरिकी मंगल मिसनको यान मंगलको कक्षमा पुगी अवतरणको प्रयास गर्नेछ ।

चीन पुग्यो मंगलममा

आगलागीमा दुई बालक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *