सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा थापा

सुर्खेत, १ फागुन ।
सुर्खेतमा स्थायी घर ठेगाना भई रोजगारीका लागि कोरिया पुगेका सुर्खेतीहरुको साझा संस्था सुर्खेत समाज दक्षिण कोरियाको आठौं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले बखत थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतबाट निर्वाचित गरेको छ ।

समाजको बरिष्ठ उपाध्यक्षमा गोपाल खड्का, उपाध्यक्षमा टंक रिजाल, महासचिवमा शिव पौड्याल, कोषाध्यक्षमा मुक्ति अधिकारी, सचिवमा बामदेव गौतम निर्वाचित हुनुभएको छ । सदस्यहरुमा दिपक पाण्डे, प्रेम विसी, राज विश्वकर्मा, तिलक चौधरी, लोक वली चयन हुनुभएको छ ।

सुर्खेत समाज दक्षिण कोरियाको आठौं अधिबेशनमा निर्वाचन आयोगको अधिकृत कर्णाली प्रदेश समाजका अध्यक्ष प्रकाश बस्नेतले निर्वाचित पदाधिकारीहरुको घोषणा तथा पदभार ग्रहरण गराउनुभएको थियो । समाजको सल्लाहकार लक्ष्मिनारायण बस्नेत, सल्लाहकार तुलश गुरुङ, सल्लाहकार आसाराम ढुंगाना लगायतका अथितिहरुले उचित सल्लाह, सुझाव र सहकार्यको अपेक्षासहित निर्वाचित पदाधिकारीलाई बधाई दिनुभएको थियो ।

सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा थापा

दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिल गर्ने कार्य

सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा थापा

आगलागीमा दुई बालक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *