सक्रिय संक्रमित एक लाख नाघे, एकैदिन १६८ जनाको मृत्यु

काठमाडौं : देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो ।

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *