राष्ट्रपतिको विवरण संकलन गरी जनगणना शुभारम्भ

काठमाडौं : ‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी आजबिहान जनगणनाको शुभारम्भ गरिएको हो।
राष्ट्रिय योजनाआयोग र तथ्यांकविभागकाप्रतिनिधिपुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडा अध्यक्षको विवरण लिएर जनगणना प्रारम्भ गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।
उनले जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिन आग्रह गरका छन्।
मंसिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ। गणकहरुले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन्।






