देउवालाई भेटेर फर्किए प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्केका छन्। देउवालाई भेट्न उनकै निवासमा मंगलबार प्रचण्ड पुगेका थिए ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्। देउवा र प्रचण्डबीच भेटवार्ता भर्खरै सकिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो। उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो।
देउवाले आजै पार्टी पदाधिकारी बैठक पनि राखेका छन्। अपरान्ह ३ बजे देउवाले पदाधिकारी बैठक राखेका हुन् । पदाधिकारी बैठक गरेर पार्टीमा छलफल गरेपछि नयाँ सरकार गठन गर्नेबारे अन्य दलका नेतासँग छलफल गर्ने देउवाको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए।