बङ्‌गलादेशद्वारा औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

रासस । बङ्‌गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारलाई कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

ढाकामा मंगलबार बिहान आयोजित एक छोटो कार्यक्रममा बङ्‌गलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

बङ्‌गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पीपीईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।

उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइनेछ।

बङ्‌गलादेशद्वारा औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

देउवालाई भेटेर फर्किए प्रचण्ड

बङ्‌गलादेशद्वारा औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका

Leave a comment

Your email address will not be published. Required fields are marked *