फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति

काठमाडौं । अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।

यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो । आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन सुरु हुन सक्ने समाचारमा उल्लेख छ । अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ ।

एजेन्सी

फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति

सगरमाथाको चुचुरोमा बहराइनी राजकुमार

फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति

देउवालाई भेटेर फर्किए प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds