जथाभावी फोहोर फाल्नाले सडक दुर्गन्धित


हुम्ला : सिमकोट गाउँपालिकाको बुराउसे र बरगाउँ जाने सडक दुर्गन्धित भएको छ । बजारको फोहोर संकलन गरेर सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो । सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर चिसामुल क्षेत्रमा जथाभावी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको जानकारी दिए । एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले डेढ सय मिटर वरपरको क्षेत्र दुर्गन्धित भएको छ ।

सडकछेउमै ट्र्याक्टरमा लगिएको फोहोर फालिँदा पैदल तथा गाडीमा यात्रा गर्ने यात्रुलाई सो क्षेत्र प्रवेश गर्दा नाक थुनेर जानुपर्ने अवस्था छ । उनले फोहोर विसर्जनका लागि डम्पिङसाइट भए पनि उक्त स्थानमा फाल्ने नगरिएकाले त्यसलाई व्यवस्थापन गरेर फोहोर डम्पिङसाइटमै फाल्ने व्यवस्था गर्न सरोकारवाला पक्षलाई आग्रह गरे । एक हप्ताभरि बजार क्षेत्रमा जम्मा भएको फोहोरलाई सिमकोट गाउँपालिकाले दुई वर्षदेखि ट्र्याक्टरबाट फाल्ने कार्य गर्दै आएको थियो ।

गत वर्ष वर्षाका कारण डम्पिङसाइट जाने सडक पहिरोले भत्काएको र डम्पिङसाइट नै पहिरोले लगेका कारण फोहोर विसर्जन गर्न समस्या भएको सिमकोट गाउँपालिकाले जनाएको छ । अन्यत्र कतै फोहोर फाल्ने स्थान नभएकाले संकलित फोहोर सडक छेउमा फाल्नै पर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । सो क्षेत्र नजिक घर भएका अर्का स्थानीय धन्जोक लामाले सडक मर्मत र डम्पिङसाइट मर्मत गरेर फोहोर व्यवस्था गर्न गाउँपालिकालाई माग गरे । उनले धेरै पटक माग गर्दा पनि सुनुवाइ हुन नसकेकोमा दुःखसमेत व्यक्त गरे । दुर्गन्धित फोहोरले रोग फैलने डर बढेकामा स्थानीय बासिन्दा चिन्तित छन् । उक्त क्षेत्रनजिकै दुई वटा विद्यालयमा समेत त्यसले असर पार्ने गरेको छ ।

जथाभावी फोहोर फाल्नाले सडक दुर्गन्धित

किसानको जीवनस्तर उकास्ने योजनाकार

जथाभावी फोहोर फाल्नाले सडक दुर्गन्धित

विपद्बाट पीडित भएकाहरुको पुनस्र्थापनामा पन्छिदै सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *