प्रधानमन्त्रीलाई देउवाको प्रश्न– विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गर्दै तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे ।

उनले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे– यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ? उनले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोपसमेत लगाए ।

प्रधानमन्त्रीलाई देउवाको प्रश्न– विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्रीले विश्वासको मत लिन यस्ताे छ तयारी

प्रधानमन्त्रीलाई देउवाको प्रश्न– विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

Leave a comment

Your email address will not be published. Required fields are marked *