प्रधानमन्त्रीले विश्वासको मत लिन यस्ताे छ तयारी

काठमाडाैं : संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएकाे छ। संसद सचिवालयका अनुसार तीनवटा लवीमा मतदानको व्यवस्था। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासकाे मत मागेका छन्। दलका शीर्ष नेताहरु बाेल्ने क्रम सुरु भएकाे छ। अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाेलिरहेका छन्। दलका शीर्ष नेताहरु बाेलिसकेपछि प्रधानमन्त्रीले जवाफ दिने छन्। त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्रीले विश्वासको मत लिन यस्ताे छ तयारी

सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन : प्रधानमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *