विश्वासको मतबारे निर्णय भइसक्यो तर, एकताको पक्षमै छौँ : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेको नेता योगेश भट्टराई आफूहरुले पार्टी एकता जोगाउन चाहेको बताएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णयपछि ओली समूहका नेता विष्णु पौडेलसँगको छलफलपछि उनले यस्तो बताएका हुन्।

उनले भने, ‘एमालेलाई जोगाउने र संसद्मा एकताबद्ध कसरी उपस्थित हुने भन्नेबारे छलफल भइरहेको छ। छलफल सकारात्मक छ। हामीाई आशा छ। सबैले एमालेको एकता चाहेका छन्।’

विश्वासको मतबारे आफ्नो समूहको निर्णय भइसकेको उनले बताए। तल्लो तहसम्मका नेता कार्यकर्ताले सग्लो एमाले चाहेको बताउँदै एकताको प्रयास भइरहेको बताए।

उनले आफ्नो समुहमा कुनै मतभेद नरहेको समेत स्पष्ट पारेका छन्। यसअघि राजीनामाको बिषयलाई लिएर विवाद भएको कुरा सार्वजनिक भएको थियो।

विश्वासको मतबारे निर्णय भइसक्यो तर, एकताको पक्षमै छौँ : योगेश भट्टराई

माधव नेपाल पार्टी विभाजन गरेर जानुहुन्छ भने

विश्वासको मतबारे निर्णय भइसक्यो तर, एकताको पक्षमै छौँ : योगेश भट्टराई

संसदमा हाम्रो अनुपस्थितिले विभाजन र समर्पण दुवै

Leave a comment

Your email address will not be published. Required fields are marked *