माधव नेपाल पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु : वामदेव गाैतम

काठमाडौं : नेकपा एमालेका नेता वामदेव गाैतमले नेता माधव नेपालले पार्टी विभाजन गरेर गए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन्।

गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले लेखेका छन्, ‘अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन्। माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि चलाएकाे प्रति आफ्नाे समर्थन नरहेकाे समेत स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

माधव नेपाल पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु : वामदेव गाैतम

माधव समूहको राजीनामा रोकिएपछि गठबन्धनको सरकार बन्‍न

माधव नेपाल पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु : वामदेव गाैतम

विश्वासको मतबारे निर्णय भइसक्यो तर, एकताको पक्षमै

Leave a comment

Your email address will not be published. Required fields are marked *