संसद शाहिद्वारा सिम्ता गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

दुर्गा विसिरआश्विन,२१ : घटस्थापनाको शुभ सायतमा सुर्खेत सिम्ता गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गरिएको छ । संघीय संसद धुर्व कुमार शाहि र प्रदेश संसद ठम्मर विष्टले संयुक्तरूपमा उक्त भवनको उद्घाटन उद्घाटन गरेका हुन । आज विशेष समारोहमा भव्य रुपमा भवनको उद्घाटन गरिएको हो ।

३ करोड २२ लाख लागतमा सिम्ता गाउँपालिका र संघीय संसद शाहीको पहलमा भवन निर्माणकार्य सम्पन्न भएको हो । भवन उद्घाटन गर्दै संसद शाहीले सिम्तामा प्रशासकिय भवन लगाएत खानेपानी,सामुदायिक ,विद्युतिमरणमा उनको पहलमा ठुलो वजेट विनियोजन भएको थियोे । सिम्ताको विकासमा पहिले अहिले तथ्यगतरुपमा तुलन हुन आवश्यक रहेको जनाएको थियोे । पहिले काम नभइ प्रचारप्रसार हुन्थ्यो अहिले काम भएको छ प्रचारप्रसार कम छ फरक यति हो ।साथै स्थानीय स्तरमै विकासमा सहकार्य,समझदारी,समन्वय र सहयोग महत्त्वपूर्ण हुने वताएको छ ।

भव्य समारोहलाई सम्बोधनका क्रममै देशकै सिम्ता नमुनाका ,रुपमा अग्रसरतामा रहेको दावि गरिएको छ । बाहिर गल्त प्रचारप्रसार भए जस्तो नभइ सिम्तामा विकासको आधार तय भएको शाहीको दावि छ । उनका अनुसार जाजरकोट छिन्चु सडक खण्ड आफनै पहलमा छिन्चु देखि जाजरकोट छेडावजार सम्म स्तरवृद्दि हुने जनाएको छ ।त्यसको लागि वजेट समेत परिसकेको शाहीको भनाइ रहेको छ । शिक्षा,स्वास्थ्य,विधुतिकरण,खानेपानी लगाएतमा राम्रो काम गरेको छ सिम्ताले ।

आर्थिक,समाजिक,संस्थागत विकासका लागि पुर्वाधार,शुसासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार नारा तय गर्दै ४ वर्ष यता थुप्रै क्षेत्रमा सिम्ता गाउँपालिकाले उल्लेखनीय काम गरेको भिडियो डकुमेन्ट्री तथा वृत्तचित्र समेत सो गरिएको छ । आधुनि प्रविधिले युक्त भवन ३ करोड २२ लाखमा लक्षमण जेविले कामको जिम्मा लगेको थियोे ।

३८ कोठाको विभिन्न शाखा रहने गरि आजैबाट कामकाज सुरु गरि नयाँ भवनबाट सेवा सुचारु गरिएको छ । भवन उद्घाटन सत्रमा विभिन्न झाँकी,पुराना संस्कृतिमुलक नाचगान,पञ्चेवाजा,सिंगारु नाच प्रस्तुत गरिएको थियोे । गाउँपालिकाको १ सय रोपनि जग्गा दान गर्ने ६७ जना जग्गा दाता,पुर्व जनप्रतिनिधि,महिला समूह,कर्मचारीहरुलाइ सम्मानित गरेको छ । मरानउपरान्तहरुको अटुट सेवालाई सम्झदै सम्मानित गरेको छ ।

सिम्ताको पहिचान झल्काउने पुराना नाचहरु प्रस्तुति देखाएको थियोे । कार्यक्रम अर्को विशिष्ट अतिथि प्रदेश संसद ठम्मर विष्टले सिम्ताले मुहार फेरेको वताए । संघीय गणतन्त्रको पहिचान,परिवर्तनको झल्को,पहिचान नै उक्त प्रशासकिय भवन भएको जनाए । साथै प्रदेश सरकार तथा प्रदेश संसदको भुमिकाबाट जनतामुखि विकासमा विष्टको समेत सिम्तामा निकै महत्त्वपूर्ण भुमिका रहेको छ।भवन उद्घाटन सत्रमा नेकपा एमालेका प्रदेश सदस्य ऐनवहादुर चन्द,नेपाली कांग्रेसका जिल्ला कार्यसमिति उप टेकबहादुर सिंह,नेकपा माओवादिका झुपवहादुर वुढा,अन्य स्थानीय तहबाट कार्यक्रम आएका जनप्रतिनिधिको तर्फबाट लेकवेसि नपाका गगन सिंह सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर राना र उपाध्यक्ष चन्द्रकला शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यापालिका सदस्य नेत्रलाल महताराले गरेका थिए । भवन उद्घाटन कार्यक्रममा उल्लेख्य सिम्तालिको उपस्थिति रहेको थियोे ।
भवन उद्घाटनमा राउटे जातिका मुखिया वा ठालु मैनवहादुर शाहि र धनवहादुर शाहीलाई समेत अतिथि वनाएको थियोे ।

संसद शाहिद्वारा सिम्ता गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

उद्योग वाणिज्य संघको पहलमा वजार सरसफाइ

संसद शाहिद्वारा सिम्ता गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

चुनौतीसँग लड्दै सफलतातिर

Leave a comment

Your email address will not be published. Required fields are marked *