अष्टिम्की पर्वमा अन्तरक्रिया

सुर्खेत । अष्टिम्की पर्वको अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । थारु संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
थारु समुदायले मात्रै मनाइने अष्टिम्की पर्व औपचारिकतामा सीमित भएको भन्दै आदिवासी थारु उत्थान मञ्च वीरेन्द्रनगरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता कालिप्रसाद शाक्यको थारु संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।
त्यस्तै थारु बुद्धिजीवि लालबहादुर चौधरीले अष्टिम्की पर्वले सामाजिक एकता, सद्भाव एवम् दिदीबहिनी र दाजुभाइमा प्रगाढ सम्वन्ध रहने भएका कारण यसलाई पुस्तौसम्म जोगाउनुपर्ने धारणा राखे । कार्यक्रममा थारु बुद्धिजीवि एवम् थारु संस्कृतिविद मानबहादुर चौधरी ‘पन्ना’ले अष्टिम्की पर्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।






