साँघुरा सडक र लापरबाहीले कर्णालीमा गाडी दुर्घटना बढ्दो

सुर्खेत । शुक्रबार दिउँसो सल्यानमा ट्रक दुर्घटना भयो । दाङ्गबाट सल्यानको श्रीनगरका लागि छुटेको लु १ ख ७३५१ नम्बरको ट्रक सल्यानको त्रिवेणी गाउँपालिका–६ सल्लेखोलामा दुर्घटना भयो । दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका–५ दाङका २५ वर्षीय बाबुराम परियार र सहचालक शान्तिनगर गाउँपालिका–६ दाङ्कै १७ वर्षीय गणेश नेपाली घाइते भए ।

विपरित दिशाबाट आइरहेको पिकअप जीपलाई साइड दिने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा परेको ट्रक सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो । बिहीबार दैलेखमा जीप र बस एक आपसमा ठोकिए ।

ठाँटीकाँध गाउँपालिकाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जीप र नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बस एक आपसमा ठोकिएका हुन् । यद्यपी मानवीय क्षति भने हुन पाएन । दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–३ का २१ वर्षीया मनिषा सारुमगर, २१ वर्षीया कल्पना तारामीमगर, २८ वर्षीय हिमाल बोगटी, नौ वर्षीया जीवन बोगटी, सात वर्षीया कमला लामिछाने, एक वर्षीया लिजा आलेमगर र कैलालीको घोडाघोडी नगरपालिका–२ का २४ वर्षीय खगेन्द्र अधिकारी घाइते भए ।

बिहीबार र शुक्रबार सल्यान र दैलेखमा भएका सवारी साधन दुर्घटनाका घटना प्रतिनिधिमुलक मात्रै हुन् । पछिल्लो समय कर्णाली प्रदेशमा दैनिक सवारी साधन दुर्घटना हुँदै आएका छन् । ट्राफिक नियम उलंघन र कच्ची सडकका कारण गाडी दुर्घटना बढेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले बताए ।

तीस हजार सवारी साधनलाई कारबाही

आर्थिक बर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर झण्डै ३० हजार अर्थात २९ हजार नौसय ६९ वटा सवारी साधन कारबाहीमा परेका छन् । सवारी नियमविपरित र लापरबाही गरेर चलाएका कारण ती सवारी साधनलाई कारबाही गरिएको हो ।

जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै र हुम्लामा सबैभन्दा कम सवारी साधन कारबाहीमा परेका हन् । तथ्याङ्क अनुसार सुर्खेतमा कुल १२ हजार नौसय ५० वटा र हुम्लामा जम्मा सात वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यस्तै सल्यानमा चार हजार तीनय ८४ वटा, दैलेखमा तीन हजार दुई सय ४४, रुकुमपश्चिममा एक हजार ६ सय ९४, जुम्लामा एक हजार तीनसय २६ र कालीकोटमा सातसय ९७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

त्यस्तै जाजरकोटमा चार हजार चार सय ६ वटा, मुगुमा एक सय ९१ वटा र डोल्पमा नौ सय ७० वटा सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीमा परेका सवारी साधनबाट कुल दुई करोड ४६ लाख ४७ हजार पाँचसय राजश्व संकलन भएको छ ।

जसमध्ये सुर्खेतबाट ९० लाख ५१ हजार पाँचसय, सल्यानमा ४३ लाख १९ हजार पाँचसय, रुकुमपश्चिममा १७ लाख तीन हजार, जुम्लामा १२ लाख २० हजार र कालीकोटमा ६ लाख ६१ हजार पाँचसय राजश्व संकलन भएको छ । त्यस्तै जाजरकोटमा ३७ लाख ८२ हजार, मुगुमा एक लाख ८४ हजार, डोल्पामा आठ लाख ३० हजार पाँचसय र हुम्लामा पाँच हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सल्यानमा १३ लाख राजश्व घट्यो

सल्यानमा राजश्व संकलनमा कमी आएको छ । आर्थिक २०७५÷०७६ को तुलनामा कुल १३ लाख ३६ हजार रुपैयाँ राजश्व संकलनमा कमी आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा ४३ लाख १९ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ ।

जबकी आर्थिक बर्ष २०७५÷०७६ मा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो । ०७७/०७८ मा चार हजार ६ सय १६ वटा सवारीसाधनलाई कारवाही पर्दा ०७६÷०७७ मा नौह जार नौ सय ८२ वटा सवारी साधन कारवाहीमा परेका थिए ।

सवारी साधानको कारबाही संख्यामा कमी आएसँगै राजश्व संकलन घटेको हो । गएको आर्थिक बर्षमा पाँचसय ९४ वटा बस कारवाहीमा पर्दा ६ लाख एक हजार, पाँच सय १८ वटा ट्रक कारवारीमा पर्दा पाँच लाख २२ हजार रुपैँया राजस्व संकलन भएको हो ।

यस्तै सातसय ३२ वटा जीप कारवाहीमा पर्दा सात लाख ३५ हजार, तीसय ८७ वटा ट्याक्टर कारवाहीमा पर्दा तीन लाख ८७ हजार पाँचसय र दुई हजार तीनसय ४५ मोटरसाइकल, अटो लगाएतका सवारी साधन कारवाहीमा पर्दा २३ लाख ८९ हजा रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा तीन हजार ६ सय ५८ वटा सवारी साधन कारवाहीमा पर्दा ३२ लाख ६८ हजार पाँचसय रुपैँया राजस्व संकलन भएको थियो । हेल्मेट नलगाउने, अनावश्यक ठाउँमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोक्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने सवारीसाधनलाई कारवाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

साँघुरा सडक र लापरबाहीले कर्णालीमा गाडी दुर्घटना बढ्दो

२४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९

साँघुरा सडक र लापरबाहीले कर्णालीमा गाडी दुर्घटना बढ्दो

YUGAAWHAN NATIONAL DAILY (2078-04-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *