‘निषेधाज्ञाले मात्र महामारी थेगिन्न स्वास्थ्यकर्मी र पूर्वाधार थपिदेऊ’

सुर्खेत । चिकित्सकहरुले तत्काल स्वास्थ्यकर्मी र पूर्वाधारको व्यवस्थापन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक जनशक्ति र स्वास्थ्य पूर्वाधारको व्यवस्था गरिदिन उनीहरुले मागसमेत गरे । बुधबार मुख्यमन्त्री र मन्त्रीहरुसँग भएको छलफलमा प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले यस्तो सुझाव दिएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथामबारे चिकित्कहरुसँग छलफल गरेका थिए । त्यसक्रममा चिकित्सकहरुले निषेधाज्ञाले मात्र महामारी नियन्त्रण नहुने बताए । कोरोना नियन्त्रणका लागि जनशक्ति थप्नुपर्ने, जोखिम भक्ताको सुविधा दिनुपर्ने, जिल्ला अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्नुपर्ने, जिल्ला अस्पतालमा अक्सिजनसहितका बेडहरु थप्नुपर्ने, जिल्ला अस्पतालहरुको स्तरोन्नति र पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
चिकित्सकहरुले तत्काल जनशक्ति व्यवस्थापन र जिल्लाबाट अक्सिजन आपूर्तिलाई पहिलो प्राथमिकता दिन सरकारलाई सुझाव दिए । ‘गतवर्ष करारमा नियुक्त स्वास्थ्यकर्मीहरुको हालसम्म नियुक्ति पत्र छैन, यस्तो अवस्थामा कसरी काममा खटाउनु ?’ छलफलमा सहभागि एक चिकित्सकले भने, ‘तत्काल पुराना स्वास्थ्यकर्मीलाई नियुक्ति पत्र दिन माग गरेका छौँ ।’ कर्णाली प्रदेश सरकारले सामुदायिक नर्स कार्यक्रम अन्तर्गत एकसय ७६ जना र कोरोना नियन्त्रणका लागि ५८ जना स्वास्थ्यकर्मीहरु नियुक्त गरेको थियो ।

करारमा नियुक्त भएका अधिकांश स्वास्थ्कर्मीसँग नियुक्ती पत्रसमेत छैन । स्वास्थ्यकर्मीहरुले कोरोना महामारी नियन्त्रणमा गत बर्षकै दुईसय ३४ जना स्वास्थ्यकर्मीहरुलाई पुनः पनि खटाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । त्यस्तै कोरोना महमारीमा खटिने स्वास्थ्यकर्मीले कोरोना जोखिम भक्ता पाउनुपर्ने माग राखेका छन् ।
‘हामीले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाइ सके केन्द्रकोभन्दा बढी, नसके केन्द्र सरकारले दिए जतिकै भक्ता दिनुपर्छ भनौँ’ छलफलमा सहभागी ति चिकित्सकले भने, ‘जोखिम भक्ताका विषयमा सरकारले तत्काल निर्णय गर्छाैँ भनेको छ ।’ केन्द्र सरकारले कोरोना नियन्त्रणमा खटिने चिकित्सकलाई शतप्रतिशत र अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भक्ता दिँदै आएको छ ।
प्रयाप्त छैनन् स्वास्थ्यकर्मी
यसैबीच कर्णाली प्रदेशमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि केन्द्र सरकारले पनि चासो देखाएको छ । संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुधबार टेलिफोन गरी कोरोना नियन्त्रणका लागि चासो देखाएका हुन् ।
टेलिफोन वार्तामा मन्त्री आलेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यकपर्ने सम्पूर्ण साधन स्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाएका छन् । कुराकानीमा मुख्यमन्त्री शाहीले दैनिक एकहजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गरे ।
मन्त्री आलेसँगै कर्णाली प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेका थिए । उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि गरेका थिए ।
पाँच जिल्लामा अक्सिजन प्लान्ट
कोरोना महामारीले बढ्न थालेपछि प्रदेश सरकारले तत्काल पाँच जिल्लामा मिनी अक्सिजन उत्पादन थाल्ने भएको छ । हुम्ला, सल्यान, कालिकोट, रुकुमपश्चिम र डोल्पामा तत्काल अक्सिजन उत्पादन थाल्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ति जिल्लाहरुमा बैशाख मसान्तसम्म अक्सिनज प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिजन उत्पादनका लागि ति जिल्लाहरुमा प्लान्ट सञ्चालन गर्ने मेसिन खरिद भइसकेको छ । छिट्टै प्राविधिक खटाएर प्लान्ट सञ्चालन गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कर्णालीको महामारी नियन्त्रणमा केन्द्र सरकारको पनि चासो