यातायातको सेवा अब अनलाइनबाट

सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले अबदेखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ ।
नेपालमै पहिलो पटक याताया व्यवस्था कार्यालय सुर्खेतले अनलाईन सेवाको सुरुवात गरेको हो ।
आज (शुक्रबार)देखि यातायात कार्यालय सुर्खेतबाट हुने गाडी दर्ता, नविकरण, नामसारी, पञ्जिकरण, चाँचपास, रुट प्रमिट, ब्लुबुक, लाइसेन्स नविकरण लगायतका सेवाहरु अनलाइनबाटै दिइने छ । हालसम्म सवारी साधनहरु अनलाइन प्रर्णालीमा दर्ता भएका छैनन् ।
तर राजश्व बुझाउन भने कार्यालयमा जानुपर्ने हुन्छ । छिट्टै राजश्व पनि अनलाइनबाटै बुझाउन सकिने कार्यालयले जनाएको छ । यसैबीच कर्णाली प्रदेश सरकारका भौतिक विकास एवम् शहरी विकासमन्त्री अम्मरबहादुर थापाले अनलाइन सेवाको उद्घाटन गरेका छन् ।






