काठमाडौं । सरकारको राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तर्गत सरकारले विभिन्न ग्याँससहितका खाद्य सामग्री २० प्रतिशत छुटमा बिक्री गरिरहेको छ ।
नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनबाट चामल, पिठो, दाल, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसमा २० प्रतिशत छुटका साथ बिक्री भइरहेको छ । साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न सात प्रकारका चामल र कर्णालीको सिमी पनि २० प्रतिशत छुटमा बिक्री गरिरहेको छ ।
सरकारले निषेधाज्ञा जारी गरेको अवधिभर कम्पनीसँग मौज्दात रहेका यस्ता खाद्य सामग्री छुटमा पाइनेछ ।
परिचयपत्रका आधारमा प्रति परिवार चामल अधिकतम ३० केजी र कर्णालीको सिमी २ केजी पाइनेछ ।
यसरी कम्पनीनले चामल र सिमी किन्न पाइने स्थान पनि तोकेर बिक्री गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम, भक्तपुर जिल्लाको सूर्य विनायकमा रहेको बिक्री कक्षबाट बिक्रीवितरणको व्यवस्था मिलाइएको छ । अन्य जिल्लाहरुको हकमा कम्पनीको कार्यालय तथा बिक्री कक्षहरु रहेको स्थानबाट बिक्री हुने व्यवस्था छ
युग संवाददाता । । २३ जेष्ठ २०७८, आईतवार १८:२६