कोभिड–१९ बाट बच्न अपनाउनुहोस् ‘प्राकृतिक जीवनशैली’

कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा

विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताए ।

कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उहाँको भनाइ थियो ।

नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ ।

बेसार, अदुवा, आलस, सिलाम, तिल, जस्ता ९० देखि १०० औषधिजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीजलाई फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

सुत्केरीलाई खुवाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइरहेको छ ।

“वैदिक कृषि प्रणालीलाई पनि ५० वर्षअघिदेखि हटाएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्यायौँ, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौँ, यसैबाट रासायनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैविकसमेत भनिने वैदिक कृषि प्रणालीमा फर्कन जरुरी छ”, उनले भने ।

जीराका गेडा पिनेर महिनौँ त्यही धुलो प्रयोग गर्ने, पहिले स्वस्थकर मिठाईका रुपमा सेल रोटी प्रयोग हुने गरेको थियो ।

तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले समेत रोग निम्त्याउने गरेको छ ।

सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उनले आह्वान गरे ।

पहिले नेपाली मिठाईका रुपमा प्रयोग हुने खीरको प्रचलनसमेत घट्न थालेको छ ।

कोभिड–१९ बाट बच्न अपनाउनुहोस् ‘प्राकृतिक जीवनशैली’

काफल पाकेसँगै किन कराउँछ ‘काफल पाक्यो चरी’

कोभिड–१९ बाट बच्न अपनाउनुहोस् ‘प्राकृतिक जीवनशैली’

कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *