च्याम्पियन्स लिगमा युनाइटेड र एटलान्टाले बराबरी खेले : युभेन्टस् र चेल्सीको जित

काठमाण्डौ : यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एटलान्टाले बराबरी खेलेका छन् ।

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेड एटलान्टासँग हारबाट जोगिएको हो । जोसिप इलिचीले १२ औँ मिनेटमा गोल गरी एटलान्टालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गरी बराबरी गरेका थिए । त्यस्तै ५६ औँ मिनेटमा डेनियल जापटाले गोल गरेपछि एटलान्टाले २–१ को अग्रता बनायो । तर दोस्रो हाफको अतिरिक्त समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको हो ।

बराबरीपछि समूह एफमा ७ अङ्कका साथ युनाइटेड शीर्ष स्थानमा छ । त्यस्तै च्याम्पियन्स लिगमा युभेन्टस् विजयी भएको छ । गएराति भएको खेलमा जेनिटलाई ४–२ ले हराउँदै समूह ुईु मा युभेन्टस् १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

इङ्ग्लिस क्लब चेल्सीले तेस्रो जितका साथ ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । चेल्सीले माल्मोलाई १–० गोलले हरायो ।

च्याम्पियन्स लिगमा युनाइटेड र एटलान्टाले बराबरी खेले : युभेन्टस् र चेल्सीको जित

जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

च्याम्पियन्स लिगमा युनाइटेड र एटलान्टाले बराबरी खेले : युभेन्टस् र चेल्सीको जित

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा

Leave a comment

Your email address will not be published. Required fields are marked *