घुँयत्राे : एकुन्ताका ओलीबा जसरी चर्चाको शिखराँ हुनुहन्थ्यो ।

एकुन्ताका ओलीबा जसरी चर्चाको शिखराँ हुनुहन्थ्यो । अहिले त्यस्तै चरचाँ हुनुहुन्छ बामदेवकी श्रीमती पनि । त्यसो त राजनीति गर्ने मान्छे वा उसको परिवार सँधै चर्चाको शिखराँ हुनैपर्छ ।
नत्र चुनावका बेलाँ जनताले नि काँ पत्याउँछन् र ? त्हही भएर त होला हिन्दिमा उखानै पनि त बन्या छ “नाम हो या बदनाम मगर गुमनाहो “ । त्यसैले त नेपाली नेता तथा उनका परिवारहरु पनी यही उखान सुनेर नामहो या बदनाम मगर गुमनाम नाहुँ भन्ने बाटो नै पछ्छ्याईरा हुन्छन् ।
नेपालाँ यही उखान मुताविकको काम गर्दै आको पन्चायतकालदेखि नै तस्कर र भूमिगत गिरोहले चलाएर सारै बदनाम भाको केन्द्रीय खेलकुद परिषद नामको संस्थाले आफ्नो विगतको धन्दा अहिले नी चलाउने गरेका कारण त्यो बदनाम गलिमा जाने काम नेताहरुले गर्दै आछन् । आँफैले नियुक्त गर्या त्यो कार्यकर्ताले त्यो चंगुला फसाईदेसी ।
देशभर बदनाम भएर नाङ्गै भएसी बल्ल नेताले थाहा पाउँछन् । खेल विनाको कुदमामात्रै राष्टको ढुकुटी उडाउने गर्या राखेपले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुदाँ भाग लिन जान खेलाडीभन्दा अफिसियलका नाममा मान्छे ओसार पसार गर्ने धन्दा गरेकै कारण हरेक पटक यो परिषद बदनाम हुन्छ र नेताका भाईभतिजा श्रीमती चर्चामा रहन्छन् । केही समय बदनाम हुन्छन् । विदेश घुमेर आउँछन् । जनता विरोध गर्छन् । उनीहरुलाई नङ्गयाउँछन् ।
त्यसको केही दिनपछि नेताले त्यो गलत गर्नेलाई ढाबलाउँछ, पुरस्कृत गर्छ अनि जस्ताको तस्तै खेलकुद फेरि त्यही गतिविधि दोहोर्याउँदै जान्छ । यसपटक नी त्यस्तै भयो रे ! चार खेल, पाँच खेलाडि अनि २६ अफिसियल । त्यसमै परिछन् बामदेबकी श्रीमती । उनलाई नि जापान जाने धोको चलेछ । बामदेवले आफ्ना चम्चाहरुलाई भनि हालेछन् ।
खेलाडीका ठाँ अफिसियल मात्रै बोकेर जाने खेलकुदका गिरोहलाई बामदेवकी श्रीमती बोकेसी आफ्ना २/४ ओटा बोक्न झन् के गाह्रो भो र ? मान्छे हाले, जापान उडे । तर उडेकै भोलिपल्टबाट बामदेवलाई छेतबिच्छेद हुनेगरी गालीलोज गरेसी एकछिन त किन स्वास्नी पठाएहुम्ला भनेजस्तो गराए बिचरा बामदेबलाई ।
तर के गर्नु राजनीति गर्ने मान्छे, पिर मानेर नि भएन । त्यसैले विचरा हिन्दी उखान सम्झिँदै चित्त बुझाउँदै बसे । सबभन्दा पहिलो कुरा त प्रतिष्पर्धै गर्ने मापदण्डाँ नपुग्या खेलाडी लगेर राष्टको ढुकुटी उडाएर विदेश पठाउने काम नै रोक्नुपर्छ ।
वहुदल आएसी केही संस्था सुध्रे पनि यो खेलकुद परिषदमा आउने मान्छेहरु नसुध्रेको देख्दा आश्चर्य लाग्छ । वहुदलआको ३० बर्षसम्म नी खेलकुदमा पन्चायतको अवशेष रहनु दुखद हो । यो संस्थालाई नसुधारी खेलमा प्रगति हुन सक्दैन । के नेपाल सँधै ४ खेल ५ खेलाडि र २६ अफिसियलकै अबस्थाँ कुदि रहने र देशमा मात्रै नभएर विदेसा नी बदनाम भइरहने हो ?
-वेदर्षि






