एचआईभी संक्रमितको उपचारमा ध्यान देऊ

एचआईभीसँग कुनैबेला समाज त्रसित थियो । एचआईभी संक्रमणबारे गतल धारणहरु पनि थिए । त्यसकारण पनि यसबारे समाजमा अहिले पनि कतिपय भ्रमहरु छन् । तर पनि विगतको तुलनामा यसप्रतिको धारणा र बुझाइ फरक भएको छ । शिक्षा र चेतनाको विकाससँगै मानिसहरुको सोच परिवर्तन भएको छ ।

यसैको प्रतिफ आज समाजमा एचआईभीको सक्रमण र संक्रमितहरुप्रति गरिने व्यवहार पनि फेरिएको छ । एचआईभीको औषधि र खोप नबनेका कारण पनि मानिसहरुमा त्रास बढी हुने नै भयो । यो भाइरसको संक्रमण हुँदैमा मानिसको मृत्यु हुन्छ भन्ने समाजको बुझाइ थियो । जसले गर्दा गाउँ र समाजमा कसैलाई एचआईभी संक्रमण भएको खण्डमा परिवार र आफन्तले नै तिरस्कार गर्दथे ।

यही हेला र तिरस्कार भोग्नुपर्ने भएका कारण पनि धेरैले आफ्नो समस्या लुकाए । अर्थात समाजमा संक्रमितहरु खुलेनन् । यसले झन् समाजमा असुरक्षित व्यवहार भए । संक्रमण अरु बढ्यो । जसकारण पनि पछिल्लो समय संक्रमितहरुलाई समाजमा खुलाउन अभियानहरु नै सक्रिय छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायले यसमा काम गर्दै आएका छन् । सामाजिक जागरण र चेतनाकै कारण एकातिर समाजले संक्रमितलाई गर्ने व्यवहार परिवर्तन भएको छ भने अर्कोतर्फ संक्रमितहरु पनि अन्य रोगजस्तै उपचार र नियमित औषधि सेवन गरेमा रोगप्रतिरोधी क्षमता बढ्छ भन्नेमा आत्मविश्वास बढाउन थालेका छन् ।

यही आत्मविश्वासका कारण आज कर्णालीमा धेरै संक्रमितहरु समाजमा खुलेका छन् । असुरक्षित यौन व्यवहार र लापरबाहीका कारण धेरै कर्णालीबासी यसको संक्रमणमा परेका छन् । मुख्यगरी यहाँका पुरुषहरु रोजगारीका लागि भारत जान्छन् । त्यहाँ बस्दा उनीहरुले गर्ने असुरक्षित यौन व्यवहारका कारण भाइरस बोकर घर फर्कने गरेको पाइन्छ ।

यसकारण उनीहरुले घरमा आएर श्रीमतीलाई पनि संक्रमित बनाउने गर्दछन् । यसले आज समाजमा संक्रमण भित्रभित्रै बढ्दो क्रममा छ । हिजोआज कोरोना जस्तै कुनैबेला एचआईभी भाइसर थियो । तर आज कोरोनाको खोप बनेका कारण केही त्रास कम हुँदै गएको छ ।

अहिले कोरोना महामारी नियन्त्रणमा राज्यको ध्यान केन्द्रीत भएका कारण एचआईभी संक्रमितहरु ओझेलमा परेका छन् । कर्णालीमा आज धेरै संक्रमित खुलेका छन् । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा पनि आएका छन् । यसले गर्दा उनीहरुको उपचार र औषधि वितरणमा पनि सहज भएको छ । तर कोरोना महामारीका कारण उनीहरुले नियमित प्रयोग गर्दै आएको औषधि पाउन नसकेको गुनासो गरिरहेका छन् ।

त्यसकारण सरोकारवाला निकायहरु यसमा गम्भिर हुनै पर्दछ । कोरोनासँगै एचआईभी संक्रमण नियन्त्रणमा ध्यान दिनु पर्दछ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले एचआईभी संक्रमितको उपचार र औषधि व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ । यसो भएमा संक्रमितहरुले राज्यबाट उपचार र स्याहार पाउन सक्छन् । यसले उनीहरुको आयु बढ्नुको साथै एचआईभीको संक्रमण रोक्न पनि सहयोग पुग्नेछ ।

एचआईभी संक्रमितको उपचारमा ध्यान देऊ

घुँयत्राे : एकुन्ताका ओलीबा जसरी चर्चाको शिखराँ

Leave a comment

Your email address will not be published. Required fields are marked *