भारतमा थपिए ३ लाख ७० हजार संक्रमित, ३४ सय बढीको मृत्यु

 

एजेन्सी | भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या २ लाख हाराहारीमा पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसहित मृतकको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ। लगातार कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएकाले अक्सिजनले नै बचाउने सकिने कोरोना संक्रमितहरुले पनि ज्यान गुमाइरहेको समाचारहरुमा जनाइएको छ।

सबैभन्दा धेरै अक्सिजनको अभाव भएको दिल्लीमा हिजो दिनभरमा ४ सयभन्दा बढी संक्रमितको ज्यान गएको छ। दिल्लीको एक अस्पतालमा शनिबार अक्सिजन अभावमा एक डाक्टरसहित १२ जनाको मृत्यु भएको थियो। दैनिक रुपमा ठूलो मात्रामा अक्सिजन सप्लाई हुने र आफैले अक्सिजन गर्ने दिल्लीका अस्पतालहरुमा पनि अक्सिजनको चरम अभाव दिल्ली सरकारले जनाएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार ५ सय, ब्राजिलमा २८ हजार ९ सय, टर्कीमा २५ हजार ९ सय, तथा इरानमा १८ हजार संक्रमित थपिएका छन्। यस्तै ब्राजिलमा १२ सय १० जनाले ज्यान गुमाएका छन् भने कोलम्बियामा ४ सय ८५, इरानमा ३ सय ९४, रसियामा ३ सय ४२, टर्कीमा ३ सय ४० तथा अमेरिकामा ३ सय ६ जनासहित पछिल्लो २४ घण्टामा विश्वभर साढे ९ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

भारतमा थपिए ३ लाख ७० हजार संक्रमित, ३४ सय बढीको मृत्यु

अप्रिलमा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

भारतमा थपिए ३ लाख ७० हजार संक्रमित, ३४ सय बढीको मृत्यु

अक्सिजन अभाव हुँदा भारतमा अस्पतालभित्रै थप १२

Leave a comment

Your email address will not be published. Required fields are marked *