ललित चलाउनेकाे कविता : दैव

दैव तिमिले सृष्टि गर्यौ, माया बाँड्न जानेनछौँ,
रगत रातो सबैको हुन्छ, न्याय अन्याय छुट्याउन जानेनछौँ,
निर्धो माथि सहारा दिई, काँध लगाउने गरेनछौँ,
मान्छेको भर मान्छे हुन्छ ,दैव तिमिले बुझेनछौँ,
मान्छे सबै एकै हुन्छ भन्ने,मन,वचन,कर्मले लिएनछौँ ।

दुखलाई सुख सम्झि ,विवशतामा बाँच्नु पर्यो,
त्यसैले त ठुलो सानो, भेदभाव सहनु पर्यो,
समानताको बचनबोली, कता गयो कता हरायोरु,
किन होला दैव तिमिले पटक पटक गल्ती गर्यौँ,
यथार्थलाई किन होला तिमिले,पछि पारि धकेलिदियौँ ।

सुमन फुलि वासना छर्ने,वनभरि कोसिस गरेँ,
डालिको त्यो हाँगाबिँच,ओइली झर्न फुल बनेँ,
वसन्तको लाली चढाई, वनभरि रमाई हिडेँ,
तर पनि विना मायाको, आौँशिको रात भई रहेँ,
पत्थर सरी बिना मुटु,रोदन बोकी हाँसी बसेँ । 

साथमा रहि मुटुभरी मायैँमाया बाँडि देऊ,
नजरबाट टाढा नभई, यथार्थमा आई देउ,
दैव तिमी खटि आए, संसार सबै हाँसे हुन्छ,
कस्तो माया थाहै होला, तिम्रो माया पाए हुन्छ,
यस्तो माया,कि सबैलाई बराबरी दिए हुन्छ ।

ललित कुमार चलाउने छेत्री
वि.न.पा.१० सुर्खेत

ललित चलाउनेकाे कविता : दैव

के हाे याे ?? प्रीति लगाम् भन्दा

ललित चलाउनेकाे कविता : दैव

फरक क्षमताका नागरिकलाई राज्यबाटै विभेद

Leave a comment

Your email address will not be published. Required fields are marked *