एसईईको नतिजा असार ३० गते सम्म बुझाउन बोर्डको निर्देशन

काठमाडौं, १६ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३० गते सम्म परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउनु पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असार सम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो ।

‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनैप्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ’ बोर्डले भनेको छ ।

विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसक्नुपर्नेछ । विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङ्कन समितिलाई मूल्याङ्कनको अधिकार दिइएको हो ।

मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नै विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि देशभरि ४ लाख ८२ हजार २१९ विद्यार्थी परीक्षाबाट बञ्चित भएका हुन् । २०७६ चैत्र ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।
(अनलाइन खबरबाट साभार)

एसईईको नतिजा असार ३० गते सम्म बुझाउन बोर्डको निर्देशन

सिम्ता गाउँपालिकाको प्रि–बजेटबारे छलफल सुरु

एसईईको नतिजा असार ३० गते सम्म बुझाउन बोर्डको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *