के नाकले सडकाँ जाने हुन कुन्नि ?

काँगे्रसेहरले आज देशैभर आन्दोलन गरेर रामचन्द्र र तिनका आशेपासेको चित्त बुझाउने भएछ । एक त प्रजातान्त्रिक पार्टी भन्ने । अनि संसद विघटन गर्ना नम्बर वान पार्टीका रुपाँ रअको पार्टीका नेतारु चुनाव हैन, आन्दोलन भनेर कस्सिने गर्या देख्दा त्यसै बैराग लाएर आउँछ । संविधान बनाउने वेलाँ त्यस्तै आलेटाले संविधान बनाउने नि तिनै काँगे्रस । ऐले संसद भंग गर्दा आन्दोलन गर्छम् भनेर रुवाबासी गर्ने नि तिनै काँगे्रस । कोइरालाहरले भंग गर्न हुने, ओलीहरुले भंग गर्न नहुने नि हुन्छ र ? संविधानाँ त्यस्तो काइते भाषा लेख्न सिकाउने त्यै काँगे्रसको कृष्ण सिटौला हो भन्ने बजार हल्ला बाइर आइसक्यो । अनि फेरि त्यै नेता सडकाँ आन्दोलन के नाकले सडकाँ जाने हुन कुन्नि ? दुई तिहाइको कमिनिष्ट सर्वसत्तावाद भनेर पनि चिल्लाउने । अनि त्यत्रो बहुमतको सरकार गिराएर चुनाबाँ जाम भनेर प्रधानमन्त्री सडकाँ आइ सकेछि चुनाबाँ हैन सडकाँ जाम भन्ने काँगे्रसीहरको रहर देख्दा अचम्मै लाएर आछ ।

जतिसक्यो छिटो कार्यकर्ता परिचालन गरेर चुनाबाँ गएर सरकार बनाम र देश विकास गरम भन्नु छैन । फेरि चुनावसित डराएर सडकाँ जाम भन्ने काँगे्रसीहरको मतिले देश फेरि आन्दोलनतिर धकेलिन बेर छैन । हुन त आफ्नै पार्टीभित्र चिर्को पर्यापर्यै गर्ने काँगे्रसाँ, चुनाबाँ जाँदानी अब त दुई फ्याँक नभएर तिन फ्याँक हुने होला । सिटौला तेस्रो नेता बनेर खुराफात गरम्ला भनेर आत्तिरा छन् । पार्टी सभापतिले जे प्रस्ताव राख्छन, त्यसको ठिक उल्टो बाटो बरिष्ट नेताले अपनाउनैपर्ने भएकाले नि काँगे्रस जनताले चाहेकोभन्दा उल्टो उल्टो बाटो हिँडने गर्या देखिन्छ । त्यसोत काँगे्रसीहरुनी सत्ताट अघाइ सके होलान् ।

कति खाउन् खान पनि । गर्न केही सक्दैनन । उही आँफू र आफ्ना आसेपासेलाई देर देशको ढुकुटी रित्याउने हुन् यिनरुनी । ढुकुटीकै खेलाँ जनता चिच्याउन थाल्छन् । अनि उ पनि ओलीबाले जस्तै सत्ता धान्न सक्दैन । अनि डंग्रँङ सडकाँ आइपुग्छ । त्यसैलेनी होलाके रामचन्द्र आन्दोलन नै गरेर सत्ता लिने दुईचार मैनापछि फेरि छोडदिने । त्यसका लागि चुनाबाँ किन जान परो ? सडकाटै आउँछ सत्ता भन्ने सोचाँ लाग्या होलान् । ठिकैछ, देउबाले नि यो पटक पौडेलल्यै भन्या गर्दिने भएछन् । ल पौडेलबा अब त चित्त बुझ्छ होलानी ? कि त मेलमिलाप दिवसाँनी झगडै गर्ने कार्यक्रम बनाउनु भा छ ?

वेदर्षि

के नाकले सडकाँ जाने हुन कुन्नि ?

ठेकेदारको लापरबाहीले नौै वर्षदेखि भवन निर्माण अलपत्र

के नाकले सडकाँ जाने हुन कुन्नि ?

कर्णाली तीनै खेलमा पराजित, प्रदेश २ को

Leave a comment

Your email address will not be published. Required fields are marked *