थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ‘बी’ ले एक एक गोल गरे ।खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।
रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो ।जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ । र, उपाधि होड कायम राखेको छ । त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ । थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *