उद्योग वाणिज्य महासंघ कर्णालीका नवनिर्वाचित पदाधिकारीहरूले लिए शपथ
सुर्खेत, ११ पुस ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष पदम बहादुर शाही सहित ११ जना नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शनिबार एक औपचारीक कार्यक्रमकाबिच उनीहरुले सपथ ग्रहण गरेका छन् । जसमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवसकुमार बस्नेतले सपथ खुवाएका थिए । उनका अनुसार पदमबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा रजवअली मनिहार (जिल्ला, नगरबाट) प्रकाश उप्रेती (एशोसियटबाट) निर्वाचित भएका छन् । यस्तै कोषाध्क्षमा सुधन श्रेष्ठ र सदस्यहरुमा झविराज खत्री, सिताराम कार्की, कविराज कँडेल, नामग्याल तामाङ, कृष्णप्रसाद कोइराला दिपकराज खड्का र कर्णबहादुर खत्री निर्वाचित भएका छन् ।