अधिकांश स्थान पहिरोको जोखिममा

रुकुमपश्चिम, ११ साउन ।

जिल्लाका अधिकांश वडा बाढी र पहिरोको जोखिममा परेका छन् । ७३ मध्ये ५४ वडा बाढी–पहिरोको उच्च जोखिममा परेका हुन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी लोकमार्गको सिम्ली–चाइनाबगर खण्डमा खसेको पहिरो हटाइँदै । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १९ वडा सामान्य अवस्थामा छन् । सानीभेरीमा ११, त्रिवेणीमा १०, आठबीसकोटका १२, चौरजहारीमा ८, मुसीकोटका ८ र बाँफिकोटमा ५ वडा जोखिममा रहेको समितिको निष्कर्ष छ ।

मुसीकोट नगरपालिकाका चौखाबाङ, स्यालापाखा, बोहरागाउँ, चौरजहारीको खहरेपिपल, कालीखोला, लहरेसिमल, लिउरेबारी तथा आठबीसकोटको खारखारा, झिन्चौर, गैरीचौक, घोरला, धारापानीलगायत गाउँ पहिरोको जोखिममा रहेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनका अनुसार बाँफिकोटको दुली, झुला, छिन्खेत, पूमाखोला, सानीभेरीको पूर्तिमकाँडा, बैरेनीतरा, तुष्रेबगर तथा त्रिवेणी गाउँपालिकाका बल्लेजुरा, खाल्टिखोला, बादरपानी र सिम्रुतु बजारलाई जोखिमको सूचीमा राखिएको छ ।

यी क्षेत्रमा कुनै पनि बेला विपद्का घटना हुन सक्ने भन्दै सबैतिर पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । ‘आवश्यक स्रोत–साधनको विवरण संकलन गर्ने र सम्भावित क्षेत्रमा पठाउने काम थालिएको छ,’ उनले भने, ‘स्थानीय तहको सहकार्यमा विपद्को सामना गरिरहेका छौं ।’ गत असार २६ गते आठबीसकोट नगरपालिका–३, खदीमा गएको पहिरोले आमा–छोराको ज्यान गएको थियो ।

अधिकांश स्थान पहिरोको जोखिममा

जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

अधिकांश स्थान पहिरोको जोखिममा

जागिरमा रहँदासम्म कर्णालीमै सेवा गर्नेछु

Leave a comment

Your email address will not be published. Required fields are marked *