वीरेन्द्रनगरमा चैते धानको परीक्षण सफल

सुर्खेत, ११ साउन ।

वीरेन्द्रनगरमा चैते धान खेतिको परीक्षण सफल भएको छ । नमूना परीक्षणका लागि लगाएको धान पाक्न सुरु गरेपछि परीक्षण सफल भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । वीरेन्द्रनगर–११ धुलियाबिटमा करिव १७ रोपनी क्षेत्रफलमा (हरिनाथ–३) जातको चैते धान लगाइएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकाल लगायतले चैते धान लगाएका हुन् । कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयका अनुसार मन्त्रालयले चैते धान खेति सफल भएको जनाएको छ । ‘मन्त्रालयको विशेष पहलमा नमूना परीक्षणका लागि वीरेन्द्रनगरमा गरिएको चैते धानदेखि सफल भएको छ’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘अब सिंचाइ सुविधा भएको खण्डमा कर्णालीका धेरै क्षेत्रमा चैते धान फलाउन सकिन्छ ।’ चैते धानको सफलतासँगै कर्णालीका धेरै क्षेत्रमा तीन चरणमा बाली लगाउन सकिने मन्त्रालयको दाबी छ । उसो त वीरेन्द्रनगरमा झण्डै तीन पहिले पनि चैते धान लगाउने गरिन्थ्यो ।

समयमा पानी नपर्ने, सिंचाइ सुविधाको अभाव र उपत्यकामा पानीको मात्रा घटेसँगै यहाँका किसानले चैते धान लगाउन छोडिएको थिए । सुर्खेतकै गुमी क्षेत्रका नागरिकले भने बर्षाैदेखि चैते धान खेति गर्दै आएका छन् गुर्भाकोट नगरपालिका १३ गुमी क्षेत्रका किसानले हरेक वर्ष चैते धानदेखि लगाउन गर्दछन् । गुमीको भम्का र डोर क्षेत्रमा चैते धान राम्रो उत्पाद हुने गरेको छ । सिचाइको प्रशस्त सुविधा भएका कारण गुमी क्षेत्रको चैते धान खेति गरिदै आएको हो ।

कस्तो हावापानीमा फल्छ चैते धान

चैते धान फलाउन विशेष हावापानीको आवश्यकता पर्दैन । समुद्री सतहदेखि पाँचसय मिटरको उचाइसम्म चैते धान फल्छ । तर धान फलाउन पानीको आवश्यकता पर्दछ । प्राय चैतदेखि बैशाख जेठसम्म पानी नपर्ने भएका कारण सिचाइ सुविधा हुँदा राम्रो उत्पादन लिन सकिन्छ । कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरका अनुसार रुकुमपश्चिमदेखि सुर्खेतको लगामबेतानसम्मका फाँटहरुमा चैते धान फल्छ । त्यस्तै कर्णाली र भेरी नदीका किनारका फाँटहरुमा चैते धान फलाउन सकिन्छ ।

प्यूठानमा समेत चैते धान फलेका कारण राकम कर्णालीसम्म पनि चैते धान फलाउन सकिने कार्कको भनाइ छ । नार्कका अनुसार, रुकुमपश्चिको चौरजहारी क्षेत्र, जाजरकोटको भेरी किनार, सुर्खेतमा सिम्तादेखि लगाम, बेतानसम्म, चिङ्गाड खोला किनार, सल्यानको बनगाड खोला, सारदा नदी किनार लगायतका क्षेत्रमा चैते धान फल्छ । उसो त गुमी क्षेत्रका किसानले यसअघि नै चैते धान फलाउँदै आएका छन् ।

यि हुन चैतमा फल्ने पाँच जात

चैतमा पाँच जातका धानहरु फलाउन सकिन्छ । कृषि अनुसन्धान केन्द्र दसरथपुरका अनुसार चैते ४, चैते ५, चैत ६, हरिनाथ १ र हरिनाथ ३ जातका धानहरु फलाउन सकिन्छ । जसमा चैते ४, चैते ६ र हरिनाथ १ अल्ली पुराना जातका धानहरु हुन् ।
त्यस्तै चैते ५ र हरिनाथ ३ भने नयाँ धानका जातहरु हुन् । अन्य जातभन्दा चैत ५ र हरिनाथ ३ राम्रो उत्पादन हुने कृषि अनुसन्धान केन्द्र दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए । हरिनाथ तीन र चैत ५ को सुर्खेतमा तीन वर्षअघि नै सफल परीक्षण भएको थियो । गुमीका किसानहरुले दुबै जातका धानबाली फलाएका थिए । यि दुइ जातका धानहरु चैत र बर्षामा समेत फलाउन सकिन्छ ।

चैते धान लगाउँदा तीस प्रतिशत उत्पाद बढ्छ

कर्णाली प्रदेशमा चैते धान खेति गरेको खण्डमा झण्डै तीस प्रतिशत उत्पादन बढ्ने अनुनमान गरिएको छ । कर्णालीको भूगोल र सिंचाइ सुविधाका आधारमा चैते धान लगाएर उत्पादन बढाउन सकिने छ । सिचाइ सुविधाबाट बर्खामा धान खेति हुने ३० प्रतिशत क्षेत्रमा चैते धान फलाउन नार्कको भनाइ छ । सिंचाइ सुविधा भएका र समुद्री सतहदेखि पाँच सय मिटरसम्मको ३० प्रतिशत क्षेत्रमा चैते धानदेखि हुन्छ । सिंचाइको सुविधा पु¥यान सकिएको खण्डमा उत्पादन झन् बढाउन सकिन्छ ।

यद्यपी चैते धानखेति हुने क्षेत्रमा किसानहरुले चैतमा मकै लगाउँदै आएका छन् । चैतमा मकै लगाउन र असार त्यही खेतमा बर्षे धान खेति गर्दै आएका छन् । मकै अन्य क्षेत्रमा पनि फल्ने भएका कारण चैतमा मकै खेति हुने क्षेत्रमा चैते धान लगाउन सकिन्छ ।

वीरेन्द्रनगरमा चैते धानको परीक्षण सफल

YUGAAWHAN NATIONAL DAILY (2077-04-11)

वीरेन्द्रनगरमा चैते धानको परीक्षण सफल

जुम्लाका स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

Leave a comment

Your email address will not be published. Required fields are marked *