ओली छोडेर प्रचण्ड-नेपालतिर आए शेरबहादुर तामाङ

काठमाडौं, ९ पुस ।

सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड(नेपाल समूहमा फर्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ गएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए। त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत बताएका थिए। प्रचण्ड नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताए।

ुदुई दिन बालुवाटार गएँ। फेरि आज कार्की ब्यांकेटमा बस्ने केन्द्रीय कमिटी बैठकमा जाँदैछु। अब म प्रचण्ड(नेपालतिरै फर्किएको छु,ु उनले भने,ुयसमा हाम्रो केही दोष छैन। नेताहरूकै दोष हो। मलाई प्रचण्ड नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेको हो।ु

आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले भावनात्मक रूपमा पनि यतै लागेको उनले बताए।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।

ओली छोडेर प्रचण्ड-नेपालतिर आए शेरबहादुर तामाङ

YUGAAWHAN NATIONAL DAILY (2077-09-09)

ओली छोडेर प्रचण्ड-नेपालतिर आए शेरबहादुर तामाङ

कर्णाली प्रदेश सरकारले राउटेलाई मासिक २ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *