जाजरकोट सदरमुकाममा निषेधाज्ञा

जाजरकोट, ८ भदौं ।
जाजरकोटको सदरमुकाम खलंगामा आज (सोमबार) देखि निषेधाज्ञा लागु भएको छ । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले निषेधाज्ञा लागू गर्न लागेको हो ।

खलंगामा आइतबारमात्रै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रुकुमको चौरजहारी प्रयोगशालामा २० जनामा परीक्षण गर्दा १९ जनाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल पर्शन कृष्ण खत्रीले जानकारी दिए । सुरक्षाकर्मी, कर्मचारी र समुदायका केही व्यक्तिमा संक्रमण देखिएपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको खत्रीले जानकारी दिए

जाजरकोट सदरमुकाममा निषेधाज्ञा

गुर्भाकोट नगर प्रमुखलाई खुल्ला पत्र

जाजरकोट सदरमुकाममा निषेधाज्ञा

सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर

Leave a comment

Your email address will not be published. Required fields are marked *