उपचार नपाउँदा मृत्यु

जाजरकोट, ९ साउन ।

जाजरकोटमा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एकजना आहाराको अभावमा मृत्यु भएको छ भने एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा ४ सार्कीटोलमा असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित भएका दलवीर सार्कीको खान नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताएका छन् ।

त्यस्तै, उनले खानको अभावमा जटिल अवस्था आएको समेत बताएका छन् । बारेकोट गाउँपालिका ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ । स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि पेट दुस्खेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताइन् ।

बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यस्तै, उता जिल्लाको जुनिचाँदे गाउँपालिका –३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै बच्चाको जन्म दिएर अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको परिवारले जानकारी दिएको छ । आइतबार उनको मृत्यु भएको थियो । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा,गाउँलेलाई खबर गर्दा गर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताए ।

गुणस्तर स्वास्थ्य सेवा दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म नौ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, बुधबार नलगाड नगरपालिका ५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ । सुत्केरी हुने मिति साउन २१ गते भए पनि मंगलबार राति घरमै लडेका कारण पेट दुखेपछि समस्या आएको थियो ।

समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पु¥याइए पनि पेटमै बच्चाको मृत्यु भइसकेका कारण सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । राष्ट्रपति उद्दार कोषमार्फत उनलाई उद्दार गरिएको थियो । मंगलबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे गाउँपालिका २ का नैने दमाईंलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमाईंको उपचारकै क्रममा मृत्यु भएको छ ।

उपचार नपाउँदा मृत्यु

डोल्पामा बढ्दै जातीय विभेदका घटना

उपचार नपाउँदा मृत्यु

हवाइ मार्गबाट २० करोड पु¥याइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *