एसओएसका सहायक निर्देशक पक्राउ घटना, छानविन गर्न राष्ट्रिय निर्देशक सुर्खेतमा

सुर्खेत, ८ पौष ।
एसओएस बालग्राम सुर्खेतका सहाक निर्देशक निराजन शाही अनैतिक क्रियाकलापमा संलग्न भएको अवस्थामा पक्राउ परेका थिए । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था एसओएसका सहायक निर्देशक अनैतिक क्रियाकलापमा लिप्त भएको अवस्थामा प्रहरीले पक्राउ गरेपछि उक्त घटना युगआव्हान राष्ट्रिय दैनिकको अनलाइन संस्करण www.yugnews.com मा एसओएसका सहायक निर्देशक शाही अनैतिक अवस्थामै पक्राउ  मार्फत सार्वजनिक भएको थियो ।

घटना मिडियामार्फत सार्वजनिक भएपछि एसओएस बालग्राम नेपालले एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै एउटा व्यक्तिको व्यक्तिगत आचारणसँग एसओएस बालग्राम सुर्खेतको नाम जोडेर आएको समाचारले बालग्राम तथा यसको संरक्षणमा रहेका बालबालिका तथा आमाहरुमा पर्न जाने असरप्रति हामी अत्यन्त गम्भिर भएका छौं’–विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त समाचार प्रकाशित भए लगतै घटनाको सत्यतथ्य बुझ्न एसओएस बालग्राम नेपालका नायब राष्ट्रिय निर्देशक डा. ग‌गा बहादुर गुरुड सुर्खेत पुगि सक्नुभएको र आवश्यक परेको खण्डमा सो कुराको छानबिनका लागि स्वतन्त्र छानबिन समिति गठन गरिने प्रेस विज्ञप्ति मार्फत जनाइएको छ ।

यसका साथै संस्थाको मर्यादा विपरित आचार गरेको पाइएमा संस्थाको नियम अनुसार तुरुन्त कारबाही हुने कुरा अबगत गराउन चाहन्छौं । एसओएस बालग्राम नेपालले विगत ४९ वर्ष देखि अभिभाकत्व बिहिन बालबालिकालाई संरक्षण गरी उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुरयाई रहेको छ ।

एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्र कुमार गिरीले घटनालाई ढाकछोप गर्दै गलत क्रियाकलामा संलग्न सहायक निर्देशक शाहीलाई बचाउन, संरक्षण गर्न खोजेपछि उक्त घटनाको विस्तृत छानविन गर्न अर्को टोली चाँडै सुर्खेत आउने स्रोतले जानकारी दिएको छ ।

हाम्रो प्रमुख उद्देश्य भनेकै हरेक बालबालिकाले स्वाथ्य, शिक्षा, माया सहित सुरक्षित वातावरणमा सम्मान पूर्बक हुर्कन पाउनु पर्दछ जसले गर्दा भोलिका दिनमा उनीहरु सबल नागरिक बनी देश र समाजलाई योगदान पु¥याउन सकुन् । एसओएस बालग्राम नेपालका विभिन्न १० वटा बालग्राम तथा युवालयमा हाल १८८७ बालबालिका तथा युवा रहेको एसओएस बालग्रामका सूचना अधिकारी दीपा ओलीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस :-

एसओएसका सहायक निर्देशक शाही अनैतिक अवस्थामै पक्राउ

एसओएसका सहायक निर्देशक पक्राउ घटना, छानविन गर्न राष्ट्रिय निर्देशक सुर्खेतमा

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकः ओली हटाएर

एसओएसका सहायक निर्देशक पक्राउ घटना, छानविन गर्न राष्ट्रिय निर्देशक सुर्खेतमा

मलाई यो कारवाही रे, म यो कारवाही

Leave a comment

Your email address will not be published. Required fields are marked *