वैदेशिक रोजगारमा मलेसिया पुगेका एक नेपालीको मृत्यु

दुर्गा विसी ।
सुर्खेत, ८ मंसिर ।
मलेसियामा सुरक्षागार्डमा कार्यरत पुर्न सिंह रावतको राती सुतेकै अवस्थामा मृत्यु भएको छ । क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको राती सुतेकैै अवस्थामा मृत्यु भएको छ ।

सल्यान जिल्ला बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर, ७ गैरिकटेरी निवासी ४२ बर्षिय रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।
नोभेम्बर १९ तारिख नेपाली समय मंसिर ४ गते बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकुशलनै सुतेका पुर्न सिंह रावत राती मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले जानकारी दिए।
मृतक पुर्नको राती सुतेको बेला नियमितजसो घुर्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा शँका लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ३ः०० बजेतिर उठाउन खोज्दा नउठे पछि मृत्युु भएको अवस्थामा फ़ेला पारेको बताए।
रोजगारदाता कम्पनीको सहयोगमा मृतक पुर्नको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।
मलेसियामा यसैगरी दिनहुँजसो नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। मृत्यु हुने कारणहरुमा हृदयघात,सवारी दुर्घटना,सुत्यासुत्यै मृत्यु हुने,झै(झगडा,गम्भीर स्वास्थ्य समस्या लगायतको कारणले सयौंको संख्यामा मलेसियामा नेपाली श्रमिकहरुको मृत्यु हुने गरेको छ।





