वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु
पर्सा, ८ साउन ।
पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मृत्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनी गण्डक अस्पतालमा भर्ना भएका थिए । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यो सँगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उनी निमोनियावाट ग्रसित थिए । सास फेर्न गाह्रो भएपछि उहाँलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र सोही दिन साँझ उनको मृत्यु भएको हो ।