२०८२ बैशाख १७ गते
×

Now Playing

राजिवविक्रम शाहद्धारा करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, ९ जेठ ।
जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले प्रदेश अस्पतालसहित कर्णालीका जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरुका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । शुक्रबार एक कार्यक्रमवीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिट रलगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्री दिएको छ भने कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हुम्ला जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, मुगु जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर सहयाेग गरिएकाे छ ।

त्यसैगरी डोल्पा जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, कालिकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, दैलेख जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी भ्याकुम सेट, जाजरकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजर, सल्यान जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर र रुकुम पश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर दिईएको कुमारी ट्रष्टका अध्यक्ष राजिवबिक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरेका हौं ।’ ‘कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौगाेलिक विकटता मात्र यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको छ ।’

पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच पनि केही राहत भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘हामी अहिले सबै कोरोना बिरुद्ध लडिरहेका छौं ।’ उहाँले भन्नुभयो,‘कर्णालीका स्वास्थ्यको पहुँच बृद्धि गर्नका लागि तत्पर छौं ।’ अहिले कर्णालीका कोरोनाका बिरामी एक जना भेटिएको भारतबाट आएका नागरिकका कारण चुनौती थपिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । ‘अहिले हाम्रो चुनौती भनेको भारतबाट आएका नागरिकबाट हो ।’ उनले भने,‘८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेका छन् ।’

याे पनि पढ्नुहाेस :

राजिव शाहमार्फत कर्णालीमा करोडका स्वास्थ्य सामाग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *