केन्द्रीय समितिमा ओलीले भने–कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउदिन

काठमाडौं, ७ पुस ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केaन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् ।

उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् । यस्तै ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे ।  ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’

उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *