विघटित संसदका सदस्यहरुलाई बालुवाटारमा ओलीको विशेष सम्बोधन

काठमाडौं, ६ पुस ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कलह उत्कर्षमा छन। आइतबार राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले ओलीइतर नेकपा नेताहरुपनि छलफलमा छन्। विपक्षी दलहरुले सरकारको पछिल्लो कदमविरुद्ध सडक संघर्ष गर्ने तयारी गरिरहेका छन्।

यता ओली भने अहिले आफू निकट नेताहरुलाई सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गरिरहेका छन्।

विघटन गरिएको प्रतिनिधिसभा सदस्यहरुलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो पछिल्लो कदम बारे जानकारी दिएका हुन्। उक्त भेलामा ओलीइतर समूहका सांसदहरु भने उपस्थिति छैनन्।

विघटित संसदका सदस्यहरुलाई बालुवाटारमा ओलीको विशेष सम्बोधन

डोटीमा छाउगोठ भत्काउने अभियन फेरि सुरु

सम्पादकीयः बुलबुलेको संरक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *