कांग्रेसको सम्पर्क समितिको संयोजकमा शाही

सुर्खेत, ५ असोज ।
नेपाली कांग्रेस कालिकोट सुर्खेत सम्पर्क समिति गठन भएको छ । सोमवार नेपाली कांग्रेस कालिकोट जिल्ला समिति सदस्य सत्य बहादुर शाहीको संयोजकमा ७ सदस्यीय समिति गठन भएको हो ।
सदस्यहरुमा कल्पना शाही, तिलक बम, यज्ञराज न्यौपाने, दुर्गबहादुर बम, रामबहादुर बटला र विपिन बराल रहेका छन् ।

नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष बहादुर बम, नेपाली कांग्रेसका युवा नेता तरुण दलका केन्दीय महासचिव भुपेन्द्रजंग शाही लगायतको उपस्थिति रहेको थियो ।







