२०८२ बैशाख १७ गते
×

Now Playing

सामुदायिक वनको संरक्षणगर्न उपभोक्ता इमान्दार हुनुपर्ने

दैलेख : दैलेखको दुल्लू नगरपालिका–१० का वडाध्यक्ष हर्कबहादुर खड्काले सामुदायिक वनको संरक्षणको लागि उपभोक्ता नै इमान्दार हुनुपर्ने बताएका छन । छितावारी सामुदायिक वनको वैज्ञानिक वन कार्यक्रम सम्वन्धी बिहिबार दुल्लुको गमौडीमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।

जिल्लाकै पहिलो वैज्ञानिक वन कार्यक्रम लागू हुन लागेकोले यसको सफल प्रयोग र उपभोक्तालाई बढी लाभ दिलाउन डिभिजन वन कार्यालयको प्राविधिक सहयोग आवश्यक पर्ने वडाध्यक्ष खड्काले सुझाव दिए । कार्यक्रममा सहायक वन अधिकृत नवराज पौडेलले डिभिजन वन कार्यालयले वैज्ञानिक वन कार्ययोजना र प्राविधिक काम सकेको जानकारी दिंदै यसको प्रभावकारी कार्यान्वयनमा उपभोक्ताहरुको हात हुने जानकारी दिए ।

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीका अनुसार वैज्ञानिक वन कार्ययोजना बारे गत वर्षको उत्कृष्ठ सामुदायिक वन पुरस्कार पाएको सो वनको एक सय २५ हेक्टर वनमा नौ हजार पाँच सय ६६ रुखहरु चरणवद्ध रुपमा कटानी उपयोग र नयाँ वन व्यवस्थापन गर्न वैज्ञानिक वन कार्यक्रम लागू गरिने थियो । कार्यक्रम अवधिभर गरिने वैज्ञानिक वन कार्यक्रममा आठ वटा समूहका १० उपसमूहमा बाँड्दा एउटा समूहमा १२ सय जति रुख मध्ये दुई सय ९५ वटालाई माउरुख बाँकी राखिने पहिलो १० वर्षमा नौ सय ५ वटा रुख काटिने कार्ययोजना बनाइएको छ ।

दश वर्षका लागि गरिने वन व्यवस्थापनभित्र पहिलो वर्ष यही आर्थिक वर्षमा ९१ वटा रुख कटान गरिने र ४५ वटा माउरुख नयाँ बिरुवा जोगाउन बाँकी राखिने कार्ययोजनामा छ । कार्ययोजनामा पुनरुत्थान, थिनिङ्ग, एक अर्को समूह छुट्याउन अग्नी रेखा कोर्ने समेतको व्यवस्थापन रणनीति रहेको छ ।

सामुदायिक वनको संरक्षणगर्न उपभोक्ता इमान्दार हुनुपर्ने

जब उनले जागिरको मोह त्यागिन्…

Leave a comment

Your email address will not be published. Required fields are marked *