प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा

काठमाडौं, ५ पुस ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्। आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्।

तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले पहिलोपोस्टलाई जानकारी दिए। अहिले नेकपाको प्रचण्ड(नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।

प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा

दैलेखका ६ स्थानीय तहमा २६ सयलाई रोजगारी

Leave a comment

Your email address will not be published. Required fields are marked *