साझा सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न
सुर्खेत, ५ पुस ।
साझा बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी विभागको साधारणसभाा सञ्चालन कार्यविधि निमार्ण गत मंसिर २४ गतेदेखि पुस १ गतेसम्म संस्थाका सदस्यहरुलाई उपस्थिति गराई सदस्य हरुको सुझाव संकलन गरि सुझाव माथि छलफल गरी शनिबार अन्तिम सभा सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष श्री मदनबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको सभामा प्रमुख आतित्था राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ गरेका थिए ।सभामा संस्थाका सचिव ओमजंग रोकायले आ.व. २०७६÷०७७ को प्रगति तथा आ.व. २०७७।२०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाको कोषाध्यक्ष आ.व. २०७६।०७७ मा संस्थाको ७ करोड ५० लाख ९५ हजारको कुल पू“जि तथा दायित्व जानकारी दिदै यस आ.व. मा संस्थाले गरेका आर्थिक गतिविधिसहित आ.व २०७७।०७८ सम्ममा ८ करोड ८० लाख वासलात हुने प्रस्ताव सहित विभिन्न शिर्षक मा बजेट विनियोजन गरेका थिए ।
सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक खगेन्द्रप्रसाद रिमालले प्रस्तुत गरेका थिए । सभाले संस्थाका शेयर सदस्यहरुको शेयरमा ८ प्रतिशत लाभांस वितरण गर्ने निर्णय पनि गरेको छ । कोभिड–१९ का कारण प्रतिनिधि सदस्यहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो । संस्थाका प्रबन्धक तुल्सी घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा आ.व २०७६।०७७ मा १ जना असल बचत कर्ता, १ जना असल ऋणि र १ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।