मन्त्रिपरिषद् पुनर्गठन गरिने, सोमबार पुनः छलफल

काठमाडौं, ४ असोज ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन विकल्प दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको हो ।

प्रधानमन्त्री ओलीले सबै मन्त्री हटाउने, शुरुमा मन्त्री भएकाहरुलाई र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी तीन वटा विकल्प बैठकमा राखेका छन् ।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश सचिवाल सदस्यहरुले भने सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए ।
एक सचिवालय सदस्यका अनुसार बैठकमा कुरा भएमुताबिक पुनर्गठन र सबै मन्त्री हट्ने छैनन् । यद्यपि मन्त्रीको नामबारे भने छलफल हुन बाँकी छ । मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग छलफल हुने बताइएको छ ।






