मिर्गौला पीडितलाई आर्थिक सहयोगको अपिल

कृष्णप्रसाद अधिकारी

दैलेख, ४ साउन ।

दैलेख दैलेखको गुराँस गाउँपालिका वडा नं. ७ ओख्रेनीकी पुर्णिमा बुढा मगरको उपचारमा समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको छ । पुर्णिमाको मिर्गौला प्रत्यारोपण लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।

२० पुर्णिमाको घरको आर्थिक स्थिति न्यून भएको र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको अपिल गरिएको पूर्णिमाका बुबा दलसिंह बुढाले बताए । उनका अनुसार गत फागुन देखि को आँखामा समस्या आएकोले नेपालगन्ज टिचिङ हस्पिटलमा भर्ना गराएको थियो, त्यहाँ उपचार गर्दा आँखा अप्रेसन गर्नुपर्ने बताएको ले काठमाडौँ फुल्टेग्रा अस्पतालमा भर्ना गर्दो डक्टरले उनको आँमा मात्र नभई उनको अन्य कारणले आँखा बन्द भएको बताए पछि उनी छोरीलाई लिएर टिचिङ हस्पिटलमा भर्ना भए ।

त्यहाँ उनको दुवै मिर्गौलाले काम नगर्ने र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनियो । उनले आर्थिक सहयोगको लागि सबै सँग गुहार गर्दा कोरोना भाइरसको कारण लकडाउनमा परेपछि उनलाई समस्या भयो । काठ्माण्डौँ उपचार गर्न कठिन भए पछि वैशाख १० गते कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याइयो उनको हाल मिर्गौला डाईलोसिस भइरहेको छ ।

जति सक्दो चाँडो अब दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम आर्थिक सङ्कटमा उनी देखिन्छ हाल सम्म छोरीको उपचारमा ६लाख खर्च भइसकेको र घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका छन् । उनलाई सहयोग गर्नेको लागि पूर्णिमा बुढामगरको बुबाको प्रभु बैङ्क शाखा कार्यालय गुराँस गाउँपालिका घोडा बास दैलेखमा रहेको खाता नं १५५०१२१०१७३०००११ रकम जम्मा गर्न सकिने छ । साथै सहयोग गर्ने जो कहिले उनको सम्पर्क नं. ९८६६५१८३३६ मा सम्पर्क गर्ने सकिने छ ।

साथै सहयोगी भूमिका खेल्नुहुने खेमराज बुढा (गुराँस गाउँपालिका–७ दैलेख) मो.न. ९८५८०७५९२६ मा र पदम खड्का (भगवतीमाई गाउँपालिका–३,दैलेख) मो नं ९८४८२२५४७२ फोन गरी सहयोग गर्ने सकिन्छ ।

मिर्गौला पीडितलाई आर्थिक सहयोगको अपिल

प्रदेश सरकारको बजेट खर्च १६ अर्ब मात्र

मिर्गौला पीडितलाई आर्थिक सहयोगको अपिल

अनाथ बालबालिकालाई सुईटर

Leave a comment

Your email address will not be published. Required fields are marked *