रोम विधान अनुमोदन गर्न ध्यानाकर्षण

सुर्खेत २ साउन ।

जिल्ला स्थित विभिन्न नागरिक संघसंस्थाहरुले रोम विधान अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तराष्ट्रिय न्याय दिवस १७ जुलाईको अवसरमा उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी विधान अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा पुर्नस्थापित प्रतिनिधी सभाले ०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तराष्ट्रिय पाmैजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रुपमा संकल्प प्रस्ताव पारित गरेको स्मरण गराउछौ भन्ने उल्लेख गरिएको छ ।

मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाको क्रममा नेपालको विगतका समिक्षाहरुमा आएका सुझावहरु मध्ये रोम विधान पारित गर्नका लागि अन्य राष्ट्रहरुले सुझावहरुको स्मरण गराउदै सरकारको तर्फबाट रोम विधान अनुमोदन गरी अन्तराष्ट्रिय कानुनको सम्मान प्रकट गर्न विधान अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराउछौ भन्ने पनि विज्ञप्तिमा जनाईएको छ । यसरी विज्ञप्ति जारी गर्नेमा इन्सेक कर्णाली प्रदेश, उच्च बार, गैसस महासंघ÷ नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, गैसस महासंघ सुर्खेत, जिल्ला बार, आवाज, स्याक र सुन्दर नेपाल संस्था रहेका छन ।

रोम विधान अनुमोदन गर्न ध्यानाकर्षण

कर्णालीको काेराेना कोषमा सुर्य नेपालको एक करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *