कर्जा तिर्ने म्याद ६ महिनादेखि एक वर्षसम्म थप

काठमाडौं, २ साउन ।

नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधी रहेकोमा त्यसको म्याद ६ महिनादेखि १ वर्षसम्म थपेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको जानाकारी दिएका हुन्।

उनले कर्जाको किस्ता तथा ब्याज तिर्ने अपधी थप गरिएको बताए। मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ।

अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद १ वर्ष थप गरिएको छ। त्यस्तै पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ।

कर्जा तिर्ने म्याद ६ महिनादेखि एक वर्षसम्म थप

सलह कर्णाली प्रदेशमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *