सिम्ताकाे काेराेना विपद् काेषमा ठकुरीद्वारा १ लाख सहयोग

दुर्गा विसि/सिम्ता, ४  बैशाख ।

सुर्खेतको सिम्ता गाउँपालिकामा निर्माण व्यवसायी विरेन्द्र सिंह ठकुरिले सिम्ता गाउँपालिकाकाे काेराेना विपद् काेषमा १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । सिम्ता गाउँपालिकाकाे विपत व्यवस्थापन समिति तथा कार्यपालिकाको वैठकले पनि यस अघि १ कराेड रुपैयाँ काेराेना राेकथाम, उपचार तथा राहत काेष खडा गरेको थियो । विहिबार गाउँपालिकाकाे कार्यालय सिम्तामा सिम्ताका युवा व्यवसायी, नेकपा सिम्ताका गाउँ कमिटि सदस्य तथा जाल्पादेवि निर्माण सेवाका प्रो प्राइटर विरेन्द्र सिं ठकुरीले गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहनु भएका कविन्द्र कुमार केसीलाइ साे चेक हस्तान्तरण गर्नुभएको छ ।

चेक हस्तान्तरण कार्यक्रम केसिले यस्तो विपतकाे घडीमा सबै तह र तप्काका नागरिक, संघ संस्थालाई सहकार्य गरी अघि बढ्न चाहेको बताउनु भएको छ । याे विपद्काे बेलामा सबैकाे सहयोगले मात्रै अघि बढ्न सकिने र काेराेना प्रास्तको लागि सिम्ताकाे युनिट एक्सन टिमलाई झन चलाएमान बनाउन आग्रह गर्नुभएको छ । अहिलेसम्म सिम्ताकाे काेराेना राहतकाेषमा चेक हस्तान्तरण गर्ने पहिलो व्यक्त ठकुरी रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी स्याक नेपाल, प्रदेश सभा सदस्य ठम्मर विष्ट, जिल्ला जनस्वास्थ्य र कर्णाली प्रदेश सरकार लगायतका निकायले काेराेना राेकथाम विरुद्धको सामग्री दिएर सहयोग पुरयाएको छ । सहयोगकाे राहत जुट्ने क्रम वढिरहेकाे र सुरुवातमा गाउँपालिकाबाट काेष खडा भएको वताइएकाे छ । गाउँपालिकाले १ कराेड राहत काेष खडा गरेपछि एक पछि अर्कोले काेराेना विरुद्ध जुटन सहयोग गर्ने क्रम वढिरहेकाे वताइएकाे छ । काेराेना राेकथामका लागि सिम्ताका सिमा नाकामा कडाइ समेत गरिएको छ ।

सिम्ताकाे काेराेना विपद् काेषमा ठकुरीद्वारा १ लाख सहयोग

स्थानीय निर्वाचनका जिउदा सहिद देवी ज्ञवालीलाई न्याय

सिम्ताकाे काेराेना विपद् काेषमा ठकुरीद्वारा १ लाख सहयोग

बहिरबाट आउने व्यक्तिलाई घर प्रवेशमा रोक लगाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *