कोभिड रोकथामका लागि बनगाडमा सचेतना अभियान
दुर्गा विसी ।
सल्यान, १ पुस ।
कोभिड भाइरस रोकथाम प्रतिकार्य सम्बन्धि बनगाड कुपिण्डे नगरपालिकामा सचेतना अभियान सञ्चालन गरिएको छ । उक्त अभियानमा बनगाड कुपिण्डे नगरपालिकाकाको समन्वय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा गोष्ठि पछि सल्लिवजारमा अभियान सञ्चालन गरिएको छ ।
अभियानमा पोष्टर टाँसिनुका साथै मास्क प्रयोग,भौतिक दुरि कायम,नियमित हात धुने,मौसमि रुघाखोकी तथा चिसोको समस्या रहेकोले न्यानो,झोलिलो खानेकुरा खाने जानकारि । विवाह,धार्मिक कार्य भिडभाड,मेला पर्व जादा मास्क र भौतिक दुरि कायम राख्न अनुरोध गरिएको छ । बजार अभियानका क्रममै पोष्टर टाँस र प्रचारप्रसारत्माक कार्यक्रम गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका डाक्टर रविन खड्काले कोभिड १९ को उत्तपति र यसले हाल विश्वमा पारिरहेको असरका वारेमा जानकारी दिनु भएको थियोे ।नेपाल अझै गृन जोनमै रहेकोले विशेष साब्धानि अपनाउन भनिएको छ । अहिले सबै भन्दा वढि विद्यालय क्षेत्र रहेकोले साबधानि अपनाउन विशेष गरि शिक्षक,अभिभावक र विद्यार्थीलाई आग्रह गरिएको छ । बालबालिका, गर्भवति महिला, वृद्धा र रोगी व्यक्तिले विशेष सावधानी अपनाउन निर्देशक खड्काको भनाइ छ ।
कोभिड रोकथाम नियन्त्रण तथा प्रतिकार्य रणनीतिका विषयमा स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वं सेविका,जनप्रतिनिधि,कर्मचारी लगाएतलाई सचेतना अभिवृद्धि गरिएको छ । हाल नेपालमा कोभिड चेकजाँच र परिक्षणको फराकिलो दायरा वनाएको छ । मुख्य कोरोना भाइरस सर्ने माध्यम लगाएतका कुरालाई वढि जोड दिएको छ । कोराना रोकथामका क्षेत्रमा बनगाड कुपिण्डे नगरपालिकाले जुन काम गर्यो उक्त विषयमा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा निर्देशक खड्काले प्रसंसा गरे ।
सुरुसुरुमा सबै भन्दा वढि कोरोना पोजेटिभ र भारतबाट आउने नागरिक अत्यधिक भए पनि सरल रुपमा व्यवस्थापन गर्न सफल भएकोमा स्वास्थ्य शाखा र नगरपालिकालाई राम्रो काम गरेको जनाउनु भएको छ । भयावह अवस्थाबाट संकट पार लगाउनमा यो नगरपालिका सफल भएको निर्देशकको भनाइ छ ।४ हजार नागरिकलाई व्यवस्थापन गर्ने कुरा निकै चानचुने भएको जनाएको छ । अझै खतरा नै रहेकोले साब्धानि अपनाइ कामकाज वढाउने कुरा सचेतना वढाउन सबै पक्षसँग आग्रह गरिएको छ । वडा अध्यक्ष शान्त कुमार यरिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले गरेका थिए । सचेतनामुलक तथा कोभिड रोकथाम प्रतिकार्य सम्बन्धि सचेतना अभियान सबै वडाका टोल वस्तिमा पुर्याउन अह्वान गरिएको छ ।