भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने तयारी

सुर्खेत, ३० मंसिर ।

मानव बस्ती बसेको झण्डै ५२ वर्षपछि वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानको प्रयास थालिएको छ । २०२३ सालदेखि बस्ती बस्न सुरु गरेको वीरेन्द्रनगरमा पछिल्लो समय खानेपानीको चरम समस्या हुँदै आएको छ । जिल्ला सदरमुकाम, विकास क्षेत्रको सदरमुकाम हुँदै हाल प्रदेश राजधानी बनेको वीरेन्द्रनगरमा खानेपानी पु¥याउन चुनौतिको विषय बनेको छ ।

उपत्यकामा जनसंख्या बाक्लो हुँदै गर्दा वीरेन्द्रनगरमा खानेपानी समस्या बढ्दै गएको छ । खानेपानी समस्या झेल्दै आएको वीरेन्द्रनगरमा एउटा महत्वपूर्ण आयोजना अगाडि बढाइएको छ । खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी ‘भेरी पम्पिङ’ आयोजना अगाडी बढाइएको हो । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढाइएको छ ।

दुई वर्षदेखि चर्चामा रहेको आयोजनाले हालसम्मको प्रगति र भइरहेका प्रयासहरु सार्वजनिक गरेको छ । प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगरमा ल्याउन लागिएको हो । बहुबर्षिय आयोजना अन्तर्गत झण्डै सात अर्बको आयोजना अगाडि बढाइएको हो । आगामी ३० वर्षपछिको जनसंख्यालाई लक्षित गर्दै ‘भेरी पम्पिङ’ आयोजना सुरु हुने भएको छ । आयोजना सञ्चालनका लागि प्रदेश सरकाको चालु आर्थिक वर्षमो एक अर्ब बजेट छुट्याएको छ । प्रदेश सरकारले प्रदेश राजधानीको एकीकृत विकासको लागि योजना अगाडि बढाएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत् प्राविधिक टोली बनाएर हाल आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम भइरहेको छ । अध्ययन पश्चात संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागले ठेक्का प्रक्रिया अगाडि बढाउने छ । भेरी पम्पिङ आयोजनाको अध्ययन टोलीका सदस्य प्रशान्त मल्लका अनुसार अबको ३० वर्षपछि वीरेन्द्रनगर उपत्यकामा बसोबास गर्ने जनसंख्या तीन लाख ८४ हजार पुग्ने अनुमान गरिएको छ । सोही अनुसार खानेपानी आपूर्ति गर्ने गरी आयोजना अगाडि बढाइएको हो ।

‘आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा कति जनसंख्या हुन्छ र कति पानी आवश्यक पर्छ भन्ने अध्ययन गरिसकेका छौं,’ मल्लले भने, ‘यसरी हेर्दा ३० वर्षसम्मका लागि तलमाथि नपर्ने गरी आयोजना निर्माण गर्नु आवश्यक हुन्छ ।’ अहिले पनि वीरेन्द्रनगरको जनसंख्या दुई लाख बढी छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल यो जनसंख्याका लागि प्रतिसेकेण्ड दुई सय ७८ लिटर पानी आवश्यक पर्छ । तर, आपूर्ति भने एकसय ५२ लिटर प्रतिसेकण्ड छ । हाल सुर्खेत उपत्यका खानेपानी आयोजनाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको छ । वीरेन्द्रनगरमा खडेरीको समयमा मागभन्दा आपूर्ति ५० प्रतिशतले कम हुन्छ ।

‘गत वर्षको खडेरीमा पनि पानी परेकाले त्यति धेरै घटेन र सहज भयो,’ संस्थाका इञ्जिनियर बालाराम तिवारीले भने, ‘अन्य वर्षको खडेरी समयमा आधा घट्छ, ९६ घण्टा लोडसेडिङ गरेर पानी दिनुपर्ने हुन्छ ।’ हाल वीरेन्द्रनगर उपत्यकामा १८ हजार आठसय ५० वटा खानेपानीका धारा सञ्चालनमा छन् । धारा जडानका लागि आवेदन दिएर भुक्तानीसमेत भइसकेका एकहजार चा सय सातवटा धारा जडान गर्न बाँकी रहेको तिवारीले बताए । यस्तै धारा जडानका लागि परेका तीनहजार सात ३९ आवेदन अहिले पनि होल्डमा छन् ।

यस्तो छ वीरेन्द्रनगरमा पानी ल्याउने योजना

आयोजनाका अनुसार अबको तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याइने छ । जसका लागि झुप्रा खोला मिसिने भेरी किनारको दोभानमा भन्दा पाँचसय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राखिने छ । त्यहाँबाट तीन मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राखिने छ । यसअघि पम्पिङ मेसिन राख्नेगरी अध्ययन सुरू गरिएको थियो ।

तर दोभानमा लगानी बढी लाग्ने भएका कारण पाँचसय ७४ मिटर माथिदेखि पानी ल्याइएने छ । उक्त स्थानमा अहिले विस्तृत अध्ययन भने भइरहेको छ । त्यो ठाउँमा एउटै मेसिनले पानी पठाउन सकेको खण्डमा अर्को मेसिन राख्नुपर्ने छैन ।भेरीको पानी ३–४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकीमा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृत डाँडासम्म सात किलोमिटर लामो पाइप रहने छ । पाँचसय ५० वा ६ सय ५० मिलिमिटरको पाइप अमृतडाँडामा राखिने मुख्य ट्यांकीसम्म जडान गरिनेछ । अमृतडाँडमा भेरीबाट पम्पिङ गरी ल्याइएको पानी जम्मा गर्ने ट्यांकी बनाइने छ । त्यहाँ ट्यांकी १२ हजार क्युविक मिटरको हुनेछ । उक्त ट्यांकीबाट वीरेन्द्रनगर उपत्यकाभित्रका सबै घरमा जडित धारामा पानी पठाउन सकिन्छ ।

सात अर्ब लाग्ने अनुमान

भेरीको पानी वीरेन्द्रनगरमा ल्याउन झण्डै सात अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरीको पानी अमृतडाँडामा ल्याइसकेपछि उपत्यकामा वितरण गर्नका लागि मात्र चारअर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उपत्यकाभित्र थप गर्नुपर्ने ट्यांकी, पाइप खरीद तथा विस्तार, धारा जडानलगायततका काममा उक्त रकम खर्च हुनेछ । त्यस्तैअमृत डाँडा (मुख्य ट्यांकी) सम्म पु¥याउन मात्र दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसरी प्रारम्भीक अध्ययन अनुसार आयोजना सञ्चालन गर्न कुल ६ अर्ब ७६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारले जुटाउन सक्ने अध्ययन भइरहेको छ । लगानी ठूलो भएका कारण आयोजना सञ्चालनका लागि उपभोक्ताले समेत लगानी गर्नुपर्ने अनुमान गरिएको छ । अहिले उपभोक्ताको लगानी कति रहने भन्नेबारेमा पनि अध्ययन भइरहेको छ ।

भेरीको पानी ल्याउनुको विकल्प छैन ः ज्वाला

वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि भेरीको पानी ल्याउनु नै सबैभन्दा उत्तम विकल्प भएको कर्णाली प्रदेश सरकारले निचोड निकालेको छ । सोही निचोड अनुसार चालु आर्थिक वर्षमै आयोजना अगाडी बढाउने प्रदेश सरकारले जनाएको छ । ‘भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउनु नै खानेपानी समस्या सामाधानको सबैभन्दा उत्तम हो’ प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘अब जुनसुकै हालतमा पनि यो आयोजना अगाडि बढाउनुको विकल्प छैन ।’ संघीय सरकारले सहयोग नगरेको खण्डमा प्रदेश सरकार आफैंले स्रोत जुटाएर भए पनि यो आयोजना निर्माण गर्ने योजनामा रहेको उनले बताए । गत आर्थिक वर्षमा संघीय सरकारले आयोजना अघि नबढाएका कारण प्रदेश सरकारले ५० करोड रुपैयाँ फ्रिज गएको थियो ।

भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने तयारी

सुदूरपश्चिमकी दुलही टिकटकमा भाइरल, को हुन् त

भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने तयारी

मुगुमा दुई लघु जलविद्युत् आयोजना सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *